मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

बारामा अवैधरुपमा गरिएको गाँजा खेती नष्ट

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

बारा । बारा प्रहरीले ९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटीएका प्रहरी टोलीले गाँजा खेती फँडानी तथा नष्ट गरेको हो ।  

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालीका वडा नं.२२ को चकरी गाँउ र नयाँ बस्ती टोल क्षेत्रमा लगाएको ५ बिगाह गाँजा  फँडानी गरेको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार करिब १ लाख गाँजाका बोटहरू नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यलाय निजगढको प्रहरी टोलिले निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं. १३ ४ बिगाह  खेतीमा लगाएको गाँजा फँडानी गरेको उनले जानकारी दिए । सो क्षेत्रमा करिब ८० हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायव उपरिक्षक सापकोटाले बताए । 

जिल्ला प्रहरी कार्यलयबाट खटिएको मातहतको टोलिले अबैध गाँजा खेती फँडानी तथा नष्ट गरेको हो  । अवैध गाँजा एक लाख ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार