मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

लायन्सहरु बिच अन्तर लायन्स डिजी कप क्रिकेट हुदै

Ujyalosandeshonline 11566+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभको आयोजनामा शनिबार भैरहवामा “अन्तर लायन्स डिजी कप क्रिकेट प्रतियोगिता” को आयोजना हुने भएको छ । 

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगितामा ८ वटा बिभिन्न लायन्स क्लबहरुले सहभागीता जनाउने बताए । कार्यक्रम संयोजक अभिनव मयुर कसौधनले लायन्स क्लबहरु बिच आपसी भाईचारा स्थापित गर्दै सम्बन्ध मजबुद बनाउन प्रतियोगिताको आयोजना गरिएको बताए । सिद्धार्थ रंगशालामा सुपर सिक्स बिधिबाट खेलाईने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उनले बताए । 

प्रतियोगितामा बिजेतालाई २५ हजार तथा उप बिजेता टिमलाई १५ हजार नगद पुरस्कारको साथै प्रत्येक मैचमा मैन अफ द मैच, मैन अफ द सिरिज, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेसट फिल्डर, अनुशासित टिमको रुपमा पुरस्कृत गरिने क्लबका अध्यक्ष मिलन विश्वकर्माले बताए । प्रतियोगितामा रुपन्देही क्रिकेट एसोसिएसनको प्राविधिक सहयोग रहने उनले जानकारी दिए । 

प्रतियोगितामा लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर ग्रिनसिटी, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभ (लुम्बिनी), लायन्स क्लब अफ सिद्धार्थनगर प्रागेसिभ (सगरमाथा), लायन्स क्लब अफ भलवारी सिटी र लायन्स क्लब अफ सिद्धार्थनगर लिगेसी गरि ८ टिमको सहभागीता रहनेछ । 

क्लबका अध्यक्ष मिलन विश्वकर्माको अध्यक्षतामा, एरिया चिफ दिपक कौशलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शार्दुल मयुर कसौधन, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, सुमन न्यौपाने, सुनिल सेन्चुरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव संजोगराज तिवारीले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार