मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

पूर्वी नाकाहरुमा प्रहरीको सुक्ष्म निगरानी

Ujyalosandeshonline 11566+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका चार जिल्लाका नाकाहरूमा प्रहरीले केही दिनयता निगरानी र जाँचमा कडाइ गरेको छ ।

भारतबाट अवैध घुसपैठको आशंकामा नाकाहरुमा कडाइ गरिएको हो । प्रदेश प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी गस्तीलाई निरन्तरता दिइरहेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार झापा, मोरङ, सुनसरी र इलामका नाकाहरूमा निगरानी बढाइएको बताए । उनका अनुसार अझै केही दिन नाकाहरुमा विशेष निगरानी जारी रहनेछ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजधानीकेन्द्रित प्रदर्शन जारी राखेसँगै प्रहरीले नाकाहरुमा निगरानीलाई निरन्तरता दिने भएको हो ।नाकाहरुबाट नेपाल प्रवेश गर्नेहरुको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरेको छ ।

आफ्नो आन्दोलनमा भारतबाट समेत सहभागी हुन आउने जानकारी प्रसाईँले सार्वजनिक गरेपछि प्रहरीले निगरानी बढाएको थियो ।प्रहरीले मोरङको जोगबनी, झापाको काँकडभिट्टा, भद्रपुर, इलामको पशुपतिनगर र सुनसरीका नाकाहरूमा सुक्ष्म निगरानी भइरहेको जनाएको छ । यस क्रममा नेपाल प्रवेश गर्न खोज्ने कतिपय समूहलाई प्रहरीले नाकाबाटै फर्काएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार