मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

अर्घाखाँचीमा निर्वाचन लक्षित सुरक्षा सक्रियता : आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी

Ujyalosandeshonline 12457+ समाचार ( )
२ मंगशिर २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची प्रहरीले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आपराधिक गतिविधि नियन्त्रणका लागि सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आपराधिक पृष्ठभूमिका व्यक्ति तथा समूहले अशान्ति सिर्जना गर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै निगरानी बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा आयोजित पत्रकार भेटघाटमा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-४ कल्लेरीमा एक आमाले आफ्नै चार वर्षीया छोरीको खुर्पा प्रहार गरी हत्या गरेको जानकारी दिए । मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचारमा रहेकी ३१ वर्षीया ती आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

डीएसपी जिसीका अनुसार कात्तिक महिनामा मात्रै जिल्लामा ११ जनाको मृत्यु भएको छ, जसमध्ये ७ जनाले झुण्डिएर, २ जनाले सवारी दुर्घटनामा, १ जनाले आफैंले घाँटी रेटेर र १ जनाले आफ्नै छोरीको हत्या गरेर ज्यान गुमाएका छन् ।

यस अवधिमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान, बहुविवाह, कुटपिट, सवारी ज्यान, हातहतियार खरखजना लगायतका २० वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ६ वटा फछ्र्योट भइसकेका छन् भने १४ वटा मुद्दा प्रक्रियामा छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट चेकजाँचका क्रममा २ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको पनि डीएसपी जिसीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार