मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

एउटा जमात अवैध सम्पति लुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछ : मन्त्री अर्याल

Ujyalosandeshonline 11564+ समाचार ( )
१० असार २०८१, आइतबार

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउँने काम भइरहेको बताए । 

उनले भने, ‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौं मानिसको रोजगारी हो सहकारी हो । सहकारीले जुन आफुसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठूलो सहयोग ग¥यो । हामीले यी कुराहरुलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरु जो औंलाले गन्दा भ्याउने छन् । त्यो क्षेत्रमा आएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् । र बदनाम गर्न संग संस्था महासंघहरु खुलेर नै लागि पर्छन् ।’

उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे । 

उनले भने, ‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त । अर्को जमाद आफूहरुले राखेका अवैध सम्पति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन् । त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि के कस्तो योगदान पु¥याएको छ । सुसूचित गराउन आवश्यक छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार