मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

क्यानको प्रष्टीकरण : लामिछानेलाई भिसा दिलाउन प्रयास गरेकै हो

Ujyalosandeshonline 12441+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सबै प्रयास गर्दा पनि काठमाडौंमा रहेको अमेरिकन राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको जनाएको छ । 

दोस्रो पटक लामछिानेको भिसा ‘रिजेक्ट’ भएपछि क्यानका सचिव पारस खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै कूटनीतिक नोटसहित पहल गर्दा पनि भिसा नदिएको बताएका हुन् । 

उनले भनेका छन् ‘संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसीसी टी–२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघसाथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका लामछिानेलाई उच्च अदालतले सफाइ दिएको थियो । उनले सफाइ पाउनुअघि नै नेपाली राष्ट्रिय टिम अमेरिका प्रस्थान गरिसकेको थियो । उनले सफाइ पाएपछि हतार हतार उनलाई टिममा सहभागी गराउन क्यानले सक्रियता देखाएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार