उपाध्यक्ष डा. लामा र राजदुत युताकाविच भेटवार्ता

Ujyalosandeshonline 11139+ समाचार ( )
२ पौष २०८०, सोमबार

भैरहवा  । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि जापानी राजदूत किकुता युताकाविच सोमबार भेटवार्ता भएको छ । 

भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना लगायतका बिषयमा उपाध्यक्ष डा. लामा र राजदुत किकुताविच छलफल भएको हो । 

उपाध्यक्ष . लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।  सन् १९७८ मा जापानिज बास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरे ।  

भेटमा राजदुत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्र स्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता जनाए । दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरु शान्ति, अहिंसाको मार्गमा रहेकाले आफुहरुका लागि लुम्बिनी पवित्र स्थल रहेको राजदुतले बताए । भेटमा दुईदेशविचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार प्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका बिषयमा समेत छलफल भएको थियो । राजदुत किकुतालाई उपाध्यक्ष डा. लामा सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए । राजदुत सहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरे । 

यस्तै सोमबार नै जर्मन राजदुताबासका डेपुटी हेड अफ मिसन डा. स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार