मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

निकुञ्ज र मध्यवर्तीको समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण

Ujyalosandeshonline 11566+ समाचार ( )
२९ पौष २०८१, सोमबार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या समाधान गर्न संघीय सरकाको ध्यानाकर्षण गराउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उत्यका(देउखुरी)मा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसंगको भेटमा मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली गेरुवा क्षेत्रमा पानीको संकट बढेका कारण समस्या उत्पन्न भएको भन्दै समस्या समाधानकालागि संघीय सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।‘बर्दिया राष्ट्रिय निकुञ्ज कर्णाली नदी तर्फको भूभाग अग्लो हुदै गएको छ । पानीभरी कैलालीतिर सोझिदा बन्यजन्तुले पानी खान पाएका छैनन ।

किसानले सिंचाई गर्न पाएका छैनन’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यो समस्या समाधान गर्न पानीको निकास गराउनुपर्ने छ ।’ मानव वन्यजन्तु द्वन्द्व बढ्नुमा पानीको संकट प्रमुख कारण भएको भन्दै मुख्यमन्त्री आचार्यले यो समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नु भयो । किसानको करिब ५ सय विगाह जग्गा राष्ट्रिय निकुञ्जमा परेको तर, त्यसको कुनै मुआब्जा नपाएको बारेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराउनु भयो ।‘पाँच सय बिगाह जग्गा जनताको निकुञ्जमा परेको छ ।  जमिन भएर पनि सुकुम्बासी बन्नुपर्ने अवस्था भयो’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यो समस्यालाई गम्भिरतापूर्वक लिनुपर्ने भएको छ ।’

वन क्षेत्रको मुद्धा चलाउने अधिकर डेफोलाई दिनुपर्ने, अधिकार नहुदा मुद्धाको किनारा लगाउन समस्या परेको छ । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीठकुरीले कर्णाली गेरुवा क्षेत्रको पानीको समस्या, मध्यवर्ती क्षेत्रको जग्गाको समस्या र डेफोलाई अधिकार प्रत्यायोजनका बारेमा ध्यान दिने बताउनु भयो ।‘जग्गाको मुआब्जा दिन मध्यवर्ती क्षेत्रको बजेटले सम्बोधन गर्न सक्ने अवस्था रहेनछ । सरकारले छुट्टै निर्णय गरेर सम्बोधन गर्नुपर्ने छ’उहाँले भन्नुभयो,‘भुरिगाउँ तेलपानी सडकको समस्या समाधान गर्छाैं । केही कानूनी समस्या छन्, त्यसलाई सुधार गरेर अघि बढ्छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार