मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

राष्ट्रपति पौडेल कतारमा

Ujyalosandeshonline 12437+ समाचार ( )
३० जेठ २०८१, बुधवार

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल बुधबार जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पौडेल अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घाटन सत्रमा प्रमुख वक्ताकारुपमा सहभागी हुनेछन् । 

उनले बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन सम्बोधन गर्नेछन् । सोही दिन राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । 

स्वीटजरल्याण्डपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । त्यहाँ पनि औपचारिक भेटघाट र वार्ताको कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फिर्ता हुनेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार