मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

कार र मोटरसाइकल ठोक्किदा बाबुछोरीको मृत्यु

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

रौतहट । रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किदा बाबुछोरी गरि दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिकमा कार र मोटरसाइकल एकआपस ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा गरूडा नगरपालिका–२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन् । चन्द्रपुर नगरपालिका ४ स्थित सो सडकखण्डमा हेटौडाबाट चन्द्र निगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताए । 

दुर्घटनामा परि गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो हस्पिटल बारामा मृत्यु भएको डिएसपी राईले पुष्टि गरेका छन् । 

उनका अनुसार सवारी साधन र कार चालक जिल्ला मकवानपुर हेटौडा उपमहिनगरपालिका–१२ बस्ने ४३ वर्षीय कुमार पोखरेललाई नियन्त्रणमा लिइएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार