मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

स्थानीय तहले बनायो आफ्नै पाठ्यक्रम

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ माघ २०८०, शनिबार

विराटनगर । इलामको माई नगरपालिकाले आफ्नो क्षेत्रका बारेमा जानकारीमूलक पाठ्यसामग्री ‘हाम्रो माई नगर’ सार्वजनिक गरेको छ ।कक्षा ४, ५ र ८ का लागि स्थानीय पाठ्यक्रमका रुपमा उक्त सामग्री तयार गरिएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त सामग्री सार्वजनिक गरिएको हो ।

कार्यक्रममा माई नगरपालिका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलगायत सरोकारवालाको सहभागिता थियो । त्यस क्रममा माई नगरपालिकका मेयर खम्बासिंह लिम्बूले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको लगानीलाई नगरले कम हुन नदिने बताए । 

उपमेयर हिमा भण्डारीले माई नगरभित्रका विभिन्न धर्म, संस्कृति, भाषा र स्वास्थ्यलाई समेत जोडेर पुस्तक प्रकाशन भएकामा खुसी व्यक्त गरिन् । कार्यक्रममा पाठ्यकपुस्तक लेखन तथा सम्पादन समितिमा रही योगदान गर्ने कर्मचारी र शिक्षकलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा नगरको शिक्षा शाखा प्रमुख सीतादेवी लावती, प्राविधिक सहायक केशव खनाल, कन्काई माविका प्रधानध्यापक हरिप्रसाद पौड्याल, सहायक प्रअ खेमराज लिम्बू, शिक्षक किरणप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।

यसैगरी, लक्ष्मी आदर्श माविका शिक्षक रुद्र मगर, न्युलाइट बोडिङ्ग स्कुलका प्रिन्सिपल रवीन्द्रराज लोहनी, दीपज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज भारती, गरुवा बहुमुखी क्याम्पसका उपप्राध्यापक विजय तामाङ्ग र भगवती माविका सहायक प्रअ सुन्दरमणि बिसीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार