मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘एक चौकी एक रात’ अभियान: कर्णालीका प्रहरी प्रमुख सापकोटा दैलेखको रानीमत्ता पुगे

Ujyalosandeshonline 12437+ समाचार ( )
१० जेठ २०८३, आइतबार

दैलेख । कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा सञ्चालित प्रवर्धनमूलक अभियान “एक चौकी एक रात” कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले दैलेखका विभिन्न प्रहरी चौकीहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

अभियानकै क्रममा दैलेख पुग्नुभएका डीआईजी सापकोटाले जिल्ला प्रहरी कार्यालय दैलेख मातहतमा रहेको प्रहरी चौकी रानीमत्तामा रात बिताउनुभएको थियो। त्यसको भोलिपल्ट उहाँले प्रहरी चौकी रानीमत्ता र प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरको अनुगमन तथा निरीक्षण गर्नुभयो।

निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख सापकोटाले कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री सेवा प्रवाह गर्न, शान्ति सुरक्षा चुस्त राख्न र संगठनको गरिमा उच्च बनाउन आवश्यक निर्देशन दिनुभयो। सोही अवसरमा उहाँले स्थानीयबासी एवं नागरिक समाजका प्रतिनिधिहरूसँग समेत भेटघाट गरी समसामयिक सुरक्षा अवस्था र प्रहरी-नागरिक समन्वयका विषयमा बृहत छलफल गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार