मुख्य समाचार
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह | उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन | कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन |

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

रासस 706+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

वालिङ (स्याङ्जा) । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍ याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गर्भवतीलाई सहजरुपमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रुपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले जानकारी दिनुभयो ।

सुरक्षित तथा संस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्ने, मातृशिशु मृत्युदरलाई शून्यमा झार्ने र घरमै हुने सुत्केरीको दरलाई शून्यमा पु¥याउने उदेश्य राखिएको उहाँले बताउनुभयो । “गाउँघरमा आवश्यक परेका जुनसुकै बेला सवारीसाधन उपलब्ध नहुन सक्छन्, कतिपयलाई अस्पतालसम्म पुग्न सवारीसाधनको पहुँच नहुन पनि सक्छ”, उहाँले भन्नुभयो, “गर्भवतीलाई छिटो छरितो र सहजरुपमा अस्पतालसम्म पु¥याएर सुरक्षितरुपमा सुत्केरी बनाउन एम्बुलेन्स सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

हरिनास गाउँपालिका ग्रामीण र विकटमा रहेको गाउँपालिका हो । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् । वडा नं ३ को मग्याम चिसापानीस्थित मग्याम चिसापानी स्वास्थ्य चौकी, वडा नं ४ को चित्रेभञ्ज्याङमा रहेको चित्रेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं ६ को क्याक्मीमा अवस्थित क्याक्मी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ ।

“घरबाट बर्थिङ सेन्टरसम्म सहज रुपमा पुर्‍याउन पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको हो”, उहाँले भन्नुभयो, “गर्भवती तथा सुत्केरीलाई नेपाल सरकारले रु दुई हजार उपलब्ध गराउँदै आएको छ ।”हरिनाश गाउँपालिकामा हालसम्म एउटा आयुर्वेद औषधालयसहित कुल १० वटा स्वास्थ्य चौकी रहेका छन् । स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अस्पतालको भवन निर्माण भइरहेको छ ।

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरिएको छ । हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार