मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रुपन्देहीमा जेनजी प्रदर्शन: २३ सरकारी कार्यालयमा क्षति, ५ करोड बढीको नोक्सानी

Ujyalosandeshonline 12441+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

भैरहवा । जेनजी प्रदर्शनका कारण रुपन्देही जिल्लामा २३ वटा सरकारी कार्यालयका भवन र सवारी साधनमा ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देरीले उपलब्ध गराएको तथ्यांक अनुसार, यस प्रदर्शनका क्रममा ५ करोड १० लाख २८ हजारभन्दा बढी मूल्य बराबरको सरकारी सम्पत्तिमा नोक्सानी भएको छ ।

मुख्य क्षति विवरण:

  • भवन: २३ वटा सरकारी भवनमध्ये ३ वटा पूर्ण रुपमा क्षति भएका छन् भने १९ वटामा आंशिक क्षति पुगेको छ।
  • दुई पाङ्ग्रे सवारी साधन: कुल ३८ वटा दुई पाङ्ग्रे सवारी साधनमध्ये ३५ वटा पूर्ण रुपमा ध्वस्त भएका छन्।
  • चार पाङ्ग्रे सवारी साधन: २२ वटा चार पाङ्ग्रे सवारी साधनमा क्षति पुगेकोमा २० वटा पूर्ण रुपमा र २ वटा आंशिक रुपमा क्षति भएका छन्।

प्रभावित कार्यालयहरू:

प्रदर्शनकारीले पर्यटन डिभिजन कार्यालय, भैरहवा भन्सार कार्यालय, हेभी ईक्विपमेन्ट डिभिजन बुटवल, इलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा, जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगर नगरपालिका, कंचन गाउँपालिका, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, घरेलु तथा साना उद्योग कार्यालय लगायत अन्य महत्वपूर्ण सरकारी निकायहरूमा क्षति पुर्‍याएका छन्। यसैगरी, तिलोत्तमा उद्योग वाणिज्य संघको भवन र सेन्ट्रल मीडिया प्रालिका दुई वटा चार पाङ्ग्रे सवारी साधन पनि पूर्ण क्षति भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, केही सरकारी कार्यालयको क्षतिको लागत अझै एकिन हुन बाँकी छ। सरकारी सम्पत्तिबाहेक, अन्य सार्वजनिक सम्पत्ति, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिहरूमा पनि तोडफोड, आगजनी र लुटपाट भएको र त्यसको विवरण संकलन गर्ने कार्य भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार