मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

निर्वाचनबाट कांग्रेस भाग्दैन : नेता डा कोइराला

Ujyalosandeshonline 12437+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभएको छ । मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई आज उद्घाटन गर्दै उहाँले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताउनुभयो । “कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन”, उहाँले भन्नुभयो । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उहाँको भनाइ थियो ।

नेता डा कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताउनुभयो । “जेनजी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार