मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

शारीरिक सुगठन प्रतियोगितामा रजत पदक विजेताहरुलाई काठमाडौं महानगरपालिकाको नगद सहित सम्मान

Ujyalosandeshonline 12441+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले, १५ औँ वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप २०२४ का रजत पदक विजेता खेलाडीहरुलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । गएको कार्तिक २० गतेदेखि २५ गतेसम्म वल्र्ड बडिबिल्डिङ् एण्ड फिजिक स्पोर्टस् फेडेरेसनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो । 

प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० देखि ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्वीमस्वीट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गरेकी थिइन् । 

सम्मान अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका पदाधिकारी, कार्यपालिका सदस्यसहित अधिकारीहरु उपस्थित थियो ।

महानगरपालिकाले खेल क्षेत्रको प्रवर्धन र खेलाडीहरुको आत्मबल बढाउन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगिताका विजेताहरुलाई नगदसहित सम्मान गर्ने गरेको छ । यस्तै खेलप्रेमीहरुलाई प्रतियोगिता हेर्ने वातावरणका लागि सार्वजनिक स्थलहरुमा एलइडी स्क्रिन राखेर प्रत्यक्ष प्रसारण गर्ने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार