मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड

Ujyalosandeshonline 12448+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेकोले नचल्ने दाबी गरेका हुन् । 

उनले भने,‘यो गठबन्धन अप्राकृतिक,अलोकतान्त्रिक र अपादर्शी छ भनेर मैले गम्भीर रुपले भनिसकेको छु ।अप्राकृतिक भएकाले अब यो चल्दैन।’ यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सम्म चुनावै नगरी बस्न खोजेको बताए । 

प्रधानमन्त्रीले ओली संसद नै भंग गर्ने मान्छेले भएको भन्दै संसद भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसांैला भन्ने सोच बनाएको होकीभनेर आशंका व्यक्त गरे । उनले भने, ‘०८७ सम्म बस्ने उहाँको चाहना होला। अबहेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि ? त्यसलाई पनि मान्छेले प्रश्न खडा गर्छ । संसद नै भंग गर्ने मान्छेले संसद भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौंला भन्ने सोच्नुभएको छ कि थाहा भएन।’

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र उक्त नेतृत्वले ल्याएको व्यवस्था रहेको बताए । सरकार निर्माणको प्रकृयामा दुई ठूला दलले संविधान संशोधनको लागि मिलेको भनेर सार्वजनिक गरेकोमा अहिले यहाँ त्यो बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको उनको भनाई छ । 

उनले भने, यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र यो नेतृत्वले ल्याएको व्यवस्था हो । यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधानमापरिवर्तनको बिषय उठाइरहेका छौं। सरकार निर्माणको प्रकृयामा दुई ठूला दलले संविधान संशोधनको लागि ठूला दल मिलेको भनेर सार्वजनिक गरे अहिले यहाँ आइपुग्दात्यो बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ।’उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनको लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याक्नुपर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार